Sbs Nepali -
रेडियो कार्यक्रम: मध्यपूर्व तनावले पेट्रोलको मूल्यवृद्धि, इनिसा बिक घटनामा निश्पक्ष छानबिन माग
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:47:39
- More information
Informações:
Synopsis
मङ्गलवार, १७ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण र बिहीवार १९ मार्चमा एसबीएस रेडियो २ मा पुनः प्रसारण हुने एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्ला सात दिनका अस्ट्रेलिया केन्द्रित समाचार, मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्यवृद्धि हुँदा परेको प्रभाव, नेपालमा इनिशा बिक घटनामा निष्पक्ष छानबिनको माग सहितको साप्ताहिक नेपाल समाचार र नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कसँगको कुराकानी प्रसारण गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।