Cin News

सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणको जिम्मा अब प्रहरीलाई

Informações:

Synopsis

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव पुस्करराज नेपालका अनुसार यसका लागि ऐन संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । गृह मन्त्रालयबाट प्रतिक्रिया पाइसकेको र अर्थ अनि उद्योग मन्त्रालयबाट आइसकेपछि कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पठाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उप सचिव नेपालले भन्नुभयो, ‘जबसम्म नेपाल प्रहरीलाई हामीले सहभागी गराउन सक्दैनौं तबसम्म यो कार्यान्वयन हुन सक्दैन । डर, त्रास नभइ यो कानुन कार्यान्वयन हुने अवस्था देखिएन ।’