Cin News

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 496:45:24
  • More information

Informações:

Synopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodes

  • दुई अध्यक्षलाई शिवमायाको जवाफ ‘प्रतिनिधि सभालाई रिक्त बनाएर राजीनामा दिन्न’

    13/01/2020 Duration: 01min

    हिजोको बैठकमा सभामुख चयन गर्ने कार्यसूची भएपनि सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसक्दा सूचना टाँसेर बैठक स्थगित भएको हो । यसअघि पनि दुईपटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो । सत्तारुढ नेकपाको शनिबार साँझ बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो । तर तुम्बाहाङ्फेले राजीनामा नदिने र आइतबारको बैठक आफैं चलाउने बताउनुभएको थियो ।

  • मिटर साहुको ज्याजति

    09/01/2020 Duration: 03min

    भक्कानो छोड्दै महतोले सुनाउनुभयो, ‘हजुरबुबा, बुबा, आमा, श्रीमतिको नाममा भएका सम्पत्तिहरु बेचेर साहुको पैसा तिरें । उल्टै साहु र साहुका एकाउन्ट हेर्ने अशोक यादवले तँलाई मारेर फालिदिन्छु भन्दै धम्की दिन थालेका छन् । घरबाट निकालिएको छु । कहिले कहाँ कहिले कहाँ रात बिताउनुपर्छ । आफ्नो भन्ने पनि कोहि छैन । छोराछोरीलाई भेट्न पनि दिँदैनन् ।’ दुईजना साहुका कारण अहिले झन्डै ५ हजारभन्दा बढी पीडित बनेका छन् । घरपरिवारको भविष्य राम्रो होस् भनेर व्यापार गरेर जीविकोपार्जन गर्ने सपना बोकेकाहरुको अहिले सर्वश्व गुमेको छ ।

  • अस्पतालमा बढे निमोनियाका बिरामी

    09/01/2020 Duration: 02min

    स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्रै ५६ हजार १ सय ४६ जनामा निमोनियाको संक्रमण देखिएको थियो । यसमध्ये कडा निमोनिया १६ सय ३२ जना बालबालिका संक्रमित भएका थिए । निमोनिया सहित श्वास प्रश्वाससँग सम्बन्धित रोगका कारण गतवर्ष ७४ जना बालबालिकाको मृत्यु भएको तथ्याङ्कमा छ । 

  • सर्लाहीमा मिटर ब्याजको अर्को घटना सार्वजनिक

    08/01/2020 Duration: 58s

    आज बिहान सीआईएनसँग कुराकानी गर्दै सर्लाहीका कुशवाहले भन्नुभयो ‘मैले सञ्जय कुमार रौनियारसँग एक करोड रुपैयाँ ऋण लिएको थिए । ऋण लिएको एक वर्ष नपुग्दै मैले धितोमा राखेको जग्गा उहाँले बेच्न थाल्नुभयो । त्यसपछि मैले उहाँलाई सम्पर्क गरेँ । मैले उहाँको व्याज पनि तिरिसकेको थिएँ । उहाँले जग्गा बेच्न जरुरी नै थिएन ।’

  • जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु

    04/01/2020 Duration: 02min

    जुम्लामा छाउपडी उन्मुलन गर्न महाअभियान सुरु 

  • पर्यटन प्रवर्धन गर्न गोरखाबाट पदयात्र सुरु

    04/01/2020 Duration: 02min

    पुस २७ गते काठमाण्डौँ पुग्ने गरी हिजोबाट यात्रा सुरु भएको हो । पदयात्रा सुरु हुनुपूर्व एक कार्यक्रमका बीच पदयात्रामा निस्किएका टोलीलाई टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ ।

  • नेपाल भ्रमण वर्ष २०२० शुरु

    01/01/2020 Duration: 02min

    सीआईएनसँगको विशेष कुराकानीमा मन्त्री भट्टराईले यो वर्ष विगतका वर्षहरुभन्दा भिन्न हुने बताउनुभएको हो । नेपाल आउने पर्यटकले नेपालीको एकता, उत्साह र जाँगरलाई थप हौसला प्रदान गर्ने मन्त्री भट्टराईको भनाइ छ ।

  • सुन्तलाले बजार पायो तर ढुवानी महङ्गो

    21/12/2019 Duration: 01min

    केहिवर्ष अघिसम्म बलिङ्टार ५ का खिमबहादुर थापा डोकोभरी सुुन्तला बोकेर कावासोती र दलदलले पुग्नुहुन्थ्यो । २८ किलोमिटर लामो पैदल यात्रापछि पुगिने बजारले कहिल्यै उचित मूल्य दिएन । अहिले अवस्था फेरिएको छ । सुन्तलाको भारी बोकेर बजार डुल्नु पर्दैन । सडक र ढुवानीको व्यवस्थाले केही सहज बनाएको किसानहरु बताउँछन् । 

  • बैतडीमा छैन दाइजोको समस्या

    21/12/2019 Duration: 01min

    कतिपय अविभावकले छोरीलाई आफ्नो गच्छे र अवस्था हेरेर सहयोग गर्छन् । तर त्यस्तो सहयोग दाईजोको रुपमा नभएको स्थानीयको भनाइ छ । स्थानीय दुरा भाँट दाइजो ल्याउनुपर्ने वा दिनुपर्ने भनेर करकाप नहुने गरेको बताउनुहुन्छ ।

  • बलात्कार पीडितको पीडा : न्याय पाउनै कठिन

    21/12/2019 Duration: 03min

    प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म ५ सय ७७ र कार्तिक महिनामा मात्रै बलात्कार झन्डै दुईसय घटना भएका छन् । यो प्रहरीसम्म आइपुगेको घटना मात्रै हो । बाहिरै नआएका घटना यो भन्दा अझै बढि हुनसक्ने अनुमान छ । बलात्कारको घटनाको तथ्याङ्क जति डरलाग्दो छ, न्यायको ढोका ढकढक्याउन पुगेकाहरुले भोग्नुपर्ने हिंसा अझै पीडादायी छ ।

  • मूल्य बढेपछि प्याज किन्ने र खाने घटे

    04/12/2019 Duration: 03min

    केसीले भन्नुभयो, ‘एकसय ९० हुँदासम्म त किनेको थिएँ, अस्ति त दुईसय ४० भने खुल्ला अनि ल्याउन मनै लागेन । मैले खाना, खाजा खानको लागि आउने सबैलाई भनेको छु, प्याज मङ्गो छ म हाल्दिनँ भनेर । कसैले कम्प्लेन गर्नुभएको छैन । बरु उहाँहरुले किन्नु पर्दैन, प्याज नभएपनि मिठो हुन्छ, हामी यस्तै खान्छौं भन्नुहुन्छ । मासुमाचाहिँ चाहिने नै भएकाले थोरै हाल्ने गरेको छु ।’

  • जोखिम कम गर्न पूर्व योजना बनाउन किसानलाई विज्ञको सुझाव

    14/11/2019 Duration: 02min

    तरकारी तथा नगदे बाली लगाउँदा प्राकृतिक प्रकोपको जोखिम हुन्छ, विभिन्न रोग किराको आक्रमण हुन सक्छ । त्यसको लागि बालीको बीमा गराउनुपर्ने अधिकृत काफ्लेले बताउनुभयो ।बाली लगाउनु भन्दा अगाडि नै किसानले मल र बजारको सहजै पहुँच हुने स्थानको छनोट गर्नुपर्छ ।

  • नेपाली भूमी मिचिएको विषयमा के भन्छन्, विज्ञ ?

    10/11/2019 Duration: 02min

    तर नेपाल ७० वर्षअघि आफ्नो भूमी भारतीय नक्सामा पर्दा पनि किन बोलेन ? जलस्रोत विज्ञ डाक्टर जगत नेपाल भन्नुहुन्छ, ‘जुन बेला हामीले लिपु खोलालाई महाकाली शिर मानेर हाम्रा नक्सा निकाल्यौं यो ठूलो गल्ती भएको हो । यही गल्तीलाई समातेर उसले एउटा खोल्सी बनायो अहिले । बिना तथ्य, बिना आधार हामीले लिपुलाई महाकालीको शिर मान्यौं । ’

  • नेपाल-भारतबीच ७१ स्थानमा सीमा विवाद

    09/11/2019 Duration: 04min

    नभए भोलि भारतले बनाएको र हाम्रो भूमि मिचेकै नक्सामा सरकारले सहमति जनाउने हो भने नेपालमा झनै आगो बल्छ । त्यसको हामीबाट र आम जनताबाट विरोध हुन्छ । हाम्रो सरकारबाट त्यो गल्ति हुन्छ भन्ने लाग्दैन । यदि कसैले त्यस्तो गल्ति गर्छ भने त त्यसको मूल्य उहाँहरुले चुकाउनु पर्छ ।

  • गाउँपालिकाको केन्द्र पुग्न भारतको बाटो भएर

    09/11/2019 Duration: 01min

    स्थानीय विजयकुमार लामाले भन्नुभयो, ‘हाम्रो आफ्नो गाउँपालिका जानलाई इन्डियाको मानेभञ्ज्या, सुकिया हुँदै पशुपति, फिकल हुँदै इलाम गएर उँभो देउराली घुम्नुपर्छ । नेपालबाट छ छन त तर असुविधा । बाटो छैन । भारतको बाटो हुँदै जानलाई धेरै लामो बाटो पर्छ । जान एकदिन आउन एकदिन । टन्न खर्च बोकेर जानुपर्ने हुन्छ । दुई हजारको काम छ भने यहाँबाट १० हजारजति बोकेर जानुपर्छ । बस्नुपर्यो, खानुपर्यो । भारु नेरु पैसा बोकेर जानुपर्छ । एउटा काम गर्नको लागि तीन दिनचाहिँ माया मार्नैपर्छ ।’

  • के नेपाल आतङ्कवादीको अखडा बन्दैछ ?

    07/11/2019 Duration: 02min

    नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था कमजोर रहेको र भारतसँगको खुला सीमाका कारण नेपालमा आतङ्कवादीहरु सहजै प्रवेश गर्न सक्ने जिकिर गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने प्रतिवेदनमा उल्लेख गरिएको सुरक्षासम्बन्धी विषयलाई गलत भनेको छ । विमानस्थलका प्रवक्ता प्रताप बाबुु तिवारीले पनि अमेरिकी प्रतिवेदन गलत भएको बताउनुभएको छ । सीआईएनसँगको कुराकानीमा उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरणको मापदण्ड अनुसार नै विमानस्थलको सुरक्षा व्यवस्था निर्धारण गरिएको र त्यहि अनुसार काम भइरहेको बताउनुभयो ।

  • ढिलासुस्तीको नमूनाः ताप्लेजुङ सडक आयोजना

    05/11/2019 Duration: 02min

    विकासका लागि महत्वपूर्ण आधार भनेको पूर्वाधार निर्माण हो । तर पूर्वाधारमा पर्ने सडक निर्माणमा कति ढिलासुस्ती हुन्छ भन्ने उदाहरण ताप्लेजुङको सडक आयोजनाले देखाएको छ ।

  • दिगो विकास लक्ष्य पूरा गर्ने सरकारको दावी

    02/11/2019 Duration: 02min

    गरिबी निवारणकै लागि काम गर्ने दिशामा लाग्न सबैजसो मन्त्रालय र मन्त्रालय मातहतका निकायको प्रयास जरुरी रहेको मन्त्रालयको गरिबी निवारण शाखाका प्रमुख, उपसचिव अनन्तबहादुर बस्नेतले सीआईएनसँग बताउनुभयो ।

  • धानमा बाला नलागेपछि किसानलाई चिन्ता

    02/11/2019 Duration: 02min

    भारतीय उत्पादन गरिमा जातको धान तराईका क्षेत्रमा पनि राम्रो फलेपछि सरकारले २०७२ मा नेपालमा सूचीकृत गरेको थियो । यस अगाडीका बर्षमा उत्पादन राम्रो भएको भएपनि यसपटक किसानले रोपेको धानमा बाला लागेन । दाङ, बारा, रौतहट, पर्सा, कपिलवस्तु, चितवन, कैलाली लगाएत जिल्लामा लगाईएको धानमा बाला लागेन । मानो रोपेर मुरी फलाउने समयमा किसानको भकारी रित्तै भएको छ ।

  • देउरा बजारमा फोहोर व्यवस्थापनको समस्या

    01/11/2019 Duration: 02min

    स्थानीय कलक बहादुर विष्ट फोहोर फाल्ने ठाउँ नभएको बताउनुहुन्छ । बजार व्यवस्थापन समिति वा गाउँपालिकाले प्लाष्टिककै भाँडा भएपनि ठाउँ ठाउँमा राखिदिए सजिलो हुने उहाँ बताउनुहुन्छ । देउरा बझाङको मात्रै नभई डोटी र बैतडी जिल्लाको पनि प्रमुख बजार हो । बजारमा बढ्दै गएको फोहोरलाई व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदेखाएको स्थानीय हरी रोकायाले गुनासो गर्नुभयो ।

page 58 from 68