Synopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodes
-
SBS Nepali Australian News Headlines: Wednesday, 26 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २६ नोभेम्बर २०२५
26/11/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali, including the federal government's an additional $41.8 million funding for domestic violence helpline 1800RESPECT. - घरेलु हिंसा सहायता सेवा 1800RESPECT लाई थप चार करोड १८ लाख डलर अतिरिक्त कोषको सङ्घीय सरकारद्वारा घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Bureau of Meteorology weathers storm over website - ‘करोडौँ डलरको असफलता!’: अस्ट्रेलियाको मौसम ब्युरोको वेबसाइट किन छ विवादमा?
25/11/2025 Duration: 05minThe Bureau of Meteorology's controversial website redesign carries a staggering 96 million dollar price tag. The cost blowout has drawn sharp criticism from both government ministers and the opposition. Federal Environment Minister Murray Watt has expressed deep concern over the massive expenditure, while Nationals Leader David Littleproud warns the public that the exorbitant cost will further erode trust in the agency. - मौसम पूर्वानुमान गर्ने अस्ट्रेलियाको प्रमुख संस्था ब्युरो अफ मिटियोरोलजीको वेबसाइट पुन: डिजाइनमा निकै धेरै पैसा खर्च भएको भन्दै विवादमा परेको छ। सुरुमा ४१ लाख डलर जति खर्च हुने अनुमान गरिएको वेबसाइटमा नौ करोड ६० लाख अस्ट्रेलियन डलर खर्च भएपछि सरकार र विपक्षीबाट आलोचना आएको हो। एक रिपोर्ट।
-
Australian weather update for Wednesday, 26 November 2025 - बुधवार, २६ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
25/11/2025 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
From Mabo to modern Australia: the ongoing story of native title - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल सम्पत्ति अधिकारको कथा, माबोदेखि आधुनिक युगसम्म
25/11/2025 Duration: 10minAustralia is known around the world for its rich and diverse First Nations cultures. But when it comes to native title and land rights, you might still wonder what they actually mean. Discover what native title means in Australia, how it began with the Mabo Case, what the Native Title Act does, and why it matters for all Australians. - अस्ट्रेलिया आफ्नो अद्भुत विविधता र समृद्ध आदिवासी संस्कृतिका कारण विश्वभर चिनिन्छ । तर आदिवासीहरूको भूमि अधिकार र मौलिक स्वामित्व ‘नेटिभ टाइटल’को विषय उठ्दा अझै धेरैका मनमा जिज्ञासाहरू हुन सक्छन्। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले नेटिभ टाइटलको वास्तविक अर्थ, ऐतिहासिक माबो मुद्दाले खोलेको मोड, आदिवासी स्वामित्व सम्बन्धि कानून ‘नेटिभ टाइटल एक्ट’ले खेल्ने भूमिका र यी सबै कुराहरू किन प्रत्येक अस्ट्रेलियनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् भन्ने बारेमा चर्चा गरेका छौँ। चेतावनी: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा मृत व्यक्तिहरूका नाम समावेश छन्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 25 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, २५ नोभेम्बर २०२५
25/11/2025 Duration: 05minListen to the latest top news from Australia in Nepali, including remote Aboriginal communities across the north-east Kimberley taking shelter from the impacts of Tropical Cyclone Fina. - ट्रपीकल साईक्लोन फीनाका कारण वेर्स्टन अस्ट्रेलियामा विनाशकारी हावा,भारी वर्षा र सम्भावित बाढीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
‘Work speaks louder than anything!’: Why is Australia's Nepali community ‘still behind‘? - अस्ट्रेलियाको नेपाली समुदाय किन ‘अझै धेरै पछाडि छ’?
24/11/2025 Duration: 07minMelbourne-based scientist Raju Adhikari has been recognised by a 2025 Sir John Monash Award by the City of Monash for his contribution to the community. Adhikari, who is also a community leader, spoke to SBS Nepali about his achievement, the Nepali community's place within Australia's multicultural society, changes he has witnessed over the past three decades and what community members can do to achieve recognition for their contributions. - मेलबर्न बासिन्दा राजु अधिकारी सन् २०२५ सर जन मोनाश अवार्ड्स अन्तर्गत सामुदायिक योगदानको विधामा सम्मानित भएका छन्। कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएस्आइआरओ)मा एक वैज्ञानिक रहेका अधिकारी आफ्नो करिब तीन दशक भन्दा लामो अस्ट्रेलिया बसाइका क्रममा आफू नेपाली समुदायमा सक्रिय रहँदै आएको बताउँछन्। सिटी अफ मोनाशले प्रदान गरेको उक्त पुरस्कार, अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको स्थान र सक्रियताबारे अधिकारीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Nepal Update: More than 8 hundred thousand names added onto electoral lists and stolen arch returns home - नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण
24/11/2025 Duration: 07minListen to the latest weekly update from Nepal, including 8,37,094 new voters added for the election of the House of Representatives scheduled to be held in March, three options presented to the Nepal Government to enable Nepalis living overseas to vote, and the historic wooden arch, stolen 26 years ago from the Kumari Ghar in Kathmandu, returns home. - आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुनावको लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको भनाई, विदेशमा रहेका नेपालीलाई मतदान गराउन नेपाल सरकार समक्ष तीन विकल्प सहितको सुझाव प्रस्तुत, र २६ वर्ष अगि चोरी भएको तोरण काठमानण्डूस्थित कुमारी घर फिर्ता लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
-
Australian weather update for Tuesday, 25 November 2025 - मङ्गलवार, २५ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
24/11/2025 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
24/11/2025 Duration: 05minजी२० सम्मेलनका लागि प्रधानमन्त्री एन्थोनी एन्थोनी आल्बनिजीको साउथ अफ्रिका भ्रमण, साइक्लोन फिना पछि नर्दन टेरिट्रीमा हजारौँ बासिन्दा बिजुलीविहीन र आउँदो रग्बी लीग विश्व कपको तालिका सार्वजनिक लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Monday, 24 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २४ नोभेम्बर २०२५
24/11/2025 Duration: 03minListen to the latest top news from Australia in Nepali, including Australia's eight-wicket win in the Ashes opener on day two at Perth Stadium against England. - एशेज सिरिजको पहिलो खेल ३० घण्टामै सम्पन्न गर्दै इङ्गल्यान्डमाथि अस्ट्रेलियाको १-० को अग्रता लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
सोमवार, २४ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
23/11/2025 Duration: 02minअस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Australian weather update for Sunday, 23 November 2025 - आइतवार, २३ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
22/11/2025 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Police warn international students: ‘Don't sell your bank accounts and ID to criminals’ - अस्ट्रेलिया छाड्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रहरीको चेतावनी: ‘आफ्नो ब्याङ्क अकाउन्ट नबेच्नुहोस्!’
22/11/2025 Duration: 06minAn urgent warning has been issued to international students departing Australia to not sell their bank accounts and ID to criminals. The Australian Federal Police says students are offered “quick cash” - but accepting it could see them indelibly linked to crime networks. - अस्ट्रेलियाबाट स्वदेश फर्कन लागेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई, आफ्नो ब्याङ्क खाता र परिचयपत्र अपराधीहरूलाई नबेच्न अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)ले चेतावनी जारी गरेको छ। आपराधिक समूहहरूले घर फर्कँदै गरेका विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विवरणका लागि २०० देखि ५०० डलर दिई, ती ब्याङ्क खाता र विभिन्न किसिमका परिचयपत्रहरू मार्फत अन्य अस्ट्रेलियनहरूलाई ठग्ने गरेको एएफपीले बताएको हो। सामान्य सहयोगको रूपमा दिएका आफ्नै विवरणले तपाईंलाई आपराधिक मुद्दा, भिसा रद्द र अस्ट्रेलिया फर्किन स्थायी प्रतिबन्ध सम्मको जोखिममा पुर्याउन सक्ने प्रहरीको भनाइ छ। एक रिपोर्ट।
-
What health issues are most common among children in Australia? - बालबालिकाहरूका स्वास्थ्य समस्या र अस्ट्रेलियामा अभिभावकहरूले ध्यान दिनुपर्ने कुराहरू
21/11/2025 Duration: 09minAustralia often experiences seasonal infections and illnesses, such as the flu, during times of weather change. SBS Nepali spoke to Sydney GP Dr Prabin Pathak about the common health issues in children and the safe practices that parents with young children at home should follow. - मौसम परिवर्तन हुने समयमा अस्ट्रेलियामा बस्ने बालबालिकामा प्राय सिजनल इन्फेक्सन,फ्लु जस्ता स्वास्थ्य समस्या देखिने गरेको बताइन्छ। यसबाहेक नेपाली समुदायका बालबालिकाहरूमा दम, अटिजम्, स्पीच डिले जस्ता समस्याहरू पनि देखिने गरेको सिड्नीस्थित एक जीपी प्रबिन पाठक बताउँछन्। बालबालिकाहरूमा प्राय देखिने स्वास्थ्य के हुन् र स-साना बालबालिका घरमा भएका अभिभावकले गर्नु पर्ने सुरक्षित व्यवहारका बारेमा पाठकसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
-
रेडियो कार्यक्रम: पुरस्कार जित्ने नेपाली, अस्ट्रेलियामा डेटिङ र एक चर्चित रेडियोकर्मीको बिदाइ
21/11/2025 Duration: 52minहाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुभयो? मङ्गलवार, १८ नोभेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले पछिल्लो एक हप्ताका अस्ट्रेलियन समाचार, समुदायमा योगदान पुर्याएकोमा २०२५ सर जन मोनाश अवार्डबाट सम्मानित भएका मेलबर्नका राजु अधिकारीसँगको कुराकानी, रेडियोकर्मी जन लजको बिदाइ लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।
-
Australian weather update for Saturday, 22 November 2025 - शनिवार, २२ नोभेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
21/11/2025 Duration: 02minWeather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
-
Asbestos-contaminated play sand: more schools close - अस्ट्रेलियामा बालबालिकाले खेल्दै सिक्ने वस्तुमा ‘एस्बेस्टोस’ भेटिएपछि चिन्ता व्यक्त
21/11/2025 Duration: 07minA national recall for imported coloured play sand contaminated with asbestos has expanded its impact. There are now school closures and remediation efforts across South Australia, the ACT and Tasmania over concerns about the contamination. Experts suggest the potential for long-term harm depends on the specific type of asbestos found and whether the sand is free-flowing enough to allow for inhalation. - अस्ट्रेलियामा आयातित केही रङ्गिन ‘प्ले स्यान्ड’मा एसबेस्टोस भेटिए पछि देश भर गत हप्ता चेतावनी जारी गरिएको थियो। साउथ अस्ट्रेलिया, एसिटी र टास्मेनियाका विभिन्न स्थानमा विद्यालयहरू पूर्ण वा आंशिक रूपमा बन्द गरिएका थिए। विशेषज्ञहरू भन्छन् कि यसको दीर्घकालीन असर बुझ्नका लागि, कस्तो प्रकारको एस्बेस्टोस फेला परेको हो, र त्यो श्वासप्रश्वास गर्दा कत्तिको सजिलै फोक्सोमा जान्छ भन्ने कुरामा भर पर्छ। एक रिपोर्ट।
-
SBS Nepali Australian News Headlines: Friday, 21 November 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ नोभेम्बर २०२५
21/11/2025 Duration: 04minListen to the latest top news from Australia in Nepali, including including Kellie Sloane being elected unopposed as the new leader of the New South Wales Liberals. - न्यु साउथ वेल्सको लिबरलको नयाँ नेतामा केली स्लोन निर्विरोध निर्वाचित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Five Nepali deaths on Victorian roads in two months - what's going on?
20/11/2025 Duration: 12minAs the Nepali community continues to grow in Australia, such incidents are also being reported time and again. Since September, five Nepalis have died in road accidents in Victoria. What actions are Nepali community organisations taking to address this? SBS Nepali spoke with Honorary Consul of Nepal to Victoria and Australia Nepal Public Link (ANPL) President Nirajan Gauli, Non-Resident Nepali Association (NRNA) Victoria Coordinator Mahadev Dhanuk, Geelong Nepali Association President Niraj Karanjeet, Greater Geelong Nepali Community President Santosh Pandey and Melbourne-based driving instructor Yogesh Thapaliya. Listen to this report, including their insights on what's lacking, current initiatives and future measures to prevent further fatalities.
-
अस्ट्रेलियामा किन बारम्बार नेपालीहरू सडक दुर्घटनामा पर्छन्?
20/11/2025 Duration: 12minभिक्टोरियामा गत सेप्टेम्बरयता मात्रै सडक दुर्घटनामा परि पाँच जना नेपालीहरूको ज्यान गएको छ। पछिल्लो समय अस्ट्रेलियामा नेपाली समुदायको सङ्ख्या उकालो लाग्दै जाँदा यस्ता घटनाहरूका समाचार पनि बढ्न थालेका छन्। तर यसलाई सम्बोधन गर्न नेपाली सामुदायिक संस्थाहरूले के-कस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् त? यसेै सन्दर्भमा हामीले भिक्टोरियाका लागि नेपाल सरकारका दूत र अस्ट्रेलियामा आधारित संस्था अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल)का अध्यक्ष रहेका नीराजन गौली, गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए) भिक्टोरियाका संयोजक महादेव धानुक, जीलङ नेपाली एसोसिएसनका अध्यक्ष नीरज कारन्जीत, ग्रेटर जीलङ नेपाली कम्युनिटीका अध्यक्ष सन्तोष पाण्डे र गाडी चलाउन सिकाउँदै आएका मेलबर्नका योगेश थपलियासँग सडक सुरक्षा र दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सतर्कता लगायतका विषयहरूमा गरेको कुराकानी समावेश गरी तयार पारेको रिपोर्ट सुन्नुहोस्।